८ असार २०८२,काठमाडौं :
- गएराती अमेरिकाले ईरानका तिनवटा आणविक उत्पादन केन्द्रमा हवाईहमला गरेको बताईएको छ ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीनवटा परमाणु केन्द्रहरूमा आक्रमण गरेको बताएका हुन्।
अमेरिकाले फोर्दो, नतांज र इस्फहानमा आक्रमण गरेको हो। उनले सबै अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिएको र सुरक्षित रूपमा घर फर्किरहेको बताएका छन्।
डोनाल्ड ट्रम्पले इरानमा गरिएको सफल सैनिक अभियानबारे राष्ट्रलाई सम्बोधन गर्ने बताए। आक्रमणबारे इरानी अधिकारीहरूले पनि पुष्टि गरेका छन्।
इस्फहानका सुरक्षा उपगभर्नर अकबर सालेहीले नताञ्ज र इस्फहानमा धेरै विस्फोटहरूको आवाज सुनिएको उल्लेख गरे।
उनले भने, ‘हामीले इस्फहान र नताञ्जका आणविक केन्द्रहरू नजिक आक्रमणहरू देख्यौं।’















Discussion about this post