जिल्ला ईलाम माङ्ग्सेबुङ्ग वडानम्बर ५ का तीन जनाको जङ्गली च्याउ खादा ज्यान गएको छ ।
ज्यान जानेहरुमा माङसेबुङ – ५ का १७ वर्षीया नुमा लावती र मनिसा चेम्जोङको उपचारको क्रममा विराटनगर अस्पतालमा मृत्यु भएको हो।
उनीहरूले जङ्गलबाट संकलन गरेर ल्याएको च्याउ सेवन गरेपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो।
च्याउ खाएको केही घण्टामै उनीहरूलाई वान्ता, पेट दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएको र तत्कालै उपचारका लागि अस्पताल लगिएको बताइएको छ।
त्यस्तै, सोही ठाउका धनराज सम्बाहाम्फेको पनि त्यही च्याउको सेवनले अकस्मात् मृत्यु भएको छ। तीनैजनाको मृत्युले पुरै माङ्ग्सेबुङ्ग ५ बासिहरु शोकमा डुबेको छ।















Discussion about this post