२१ जेस्ठ २०८१ झापा ।
इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ ।
इलामको लारुम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो ।
जिपलाई खोलाले बगाउदा जिपमा सवारमध्ये २ जनाको मृत्यु भएको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिएका हुन ।
जिपमा ६ जना सवार मध्ये । अहिलेसम्म २ जनाको शव फेला परेको छ ।
उनले भने माङ्ग्सेबुङ्ग ३ निबासी नेत्र नेम्बाङ्गको ३ बर्षे छोरा र एकजना महिला ताप्लेजुङ्ग घर भैई हाल धरान बस्ने बर्ष ३० कि शर्मिला वनेमको शव फेला परेको जानकारी उनले गराएका हुन ।
गाडीको एउटा चक्का फेलापरेको र उद्दारको लागि सुरक्षाकर्मिको टोलि त्यहाँ पुगेको छ उनले भने दुर्घटनाको
प्रार्म्भिक खोजी अनुसन्धान भैरहेको प्रहरी प्रमुख ढकालले जानकारि गराए ।
स्मरण रहोस – दमक, रबि, चिसोपानी सडक खन्ड ठेकेदार कम्पनिको ढिला सुस्तिको कारण समयमै नबन्दा बर्षेनि धेरै सर्बसाधारण जनताले अकालमै ज्यन गुमाउनुपरिरहेको छ ।















Discussion about this post