मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

आन्तरिक पर्यटकको प्रमुख आकर्षण गन्तव्य रारा

दमक पोष्ट by दमक पोष्ट
२०८० पुष १४, शनिबार १८:४४
in Banner News, समाचार
0
सबैका रोजाइमा राराताल
168
SHARES
524
VIEWS
Spread the love

जुम्ला, १४ पुस : मुगुमा अवस्थित राराताल आन्तरिक पर्यटकको प्रमुख आकर्षणको मुख्य गन्तव्य बनेको छ । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाकेको हुन्छ ।

आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्ने गरेको रारा ताल समुन्द्री सतहबाट दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको छ । रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र दुई सय ७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । रारा ताल जानका लागि वर्षभरि नै उपयुक्त भए पनि हिउँले ढाकेको रारा र फूलैफूलले ढाकेको रारा हेर्नका लागि धैरेजसो आन्तरिक पर्यटक जाने गर्छन् ।

रारा तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्तस्थल रहेको छायाँनाथरारा नगरपालिका–७ का बासिन्दा राजु मल्लले जानकारी दिनुभयो । रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले रारासम्म सवारी साधन प्रवेश निषेध छ ।

मिलीचौरमा सवारी साधन रोकेर रारा तालतर्फ पैदल यात्रा गर्नुपर्छ । पैदल यात्रा गर्न नसक्नेहरुका लागि घोडाको व्यवस्थासमेत छ । सवारी साधन छाडेपछि करिब ३० मिनेटको यात्रापश्चात तालको छेउ पुग्न सकिन्छ । राराताल मुगुको मात्रै नभएर देशकै गहना हो । यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको छ ।

कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार रारालाई बनाउन स्थानीय तहदेखि प्रदेश सरकारले उचित नीतिको व्यवस्थापनमा जोड दिन आवश्यक रहेको छायाँनाथराराका स्थानीय बताउँछन् । निकुञ्जका अधिकतम भाग मुगु र केही भाग जुम्लामा पर्दछन् । तालको क्षेत्रफल १० दशमलव ६५ वर्ग किलोमिटर छ । यस तालको लम्बाइ करिब पाँच किमी, चौडाइ तीन किमी र गहिराइ एक सय ६७ मिटर छ ।

नेपालको सबैभन्दा ठूलो तालका रूपमा रहेको रारा सन् २००७ मा रामसार सूचीमा सूचीकृत हुनुले यसको अन्तरराष्ट्रिय महत्व समेत दर्शाउँछ । पर्यापर्यटनको अधिकतम सम्भावना भए पनि भौगोलिक विकटता र यातायातको अभावका कारण यहाँ पर्यटनको समुचित विकास हुन बाँकी नै रहेको छ ।

मध्यवर्ती क्षेत्रको मुख्य आम्दानीको स्रोत नै निकुञ्जको पर्यटन भएकाले मध्यवर्ती क्षेत्रको आम्दानी पनि न्यून रहेको छ । जुम्लाबाट हिँडेर नै रारा जानका लागि दुई दिनको समय लाग्छ । यसबाहेक पनि नेपालगञ्ज तथा सुर्खेतको वीरेन्द्रनगरबाट पनि गाडी रिर्जब गरेर रारा तालसम्म पुग्न सकिन्छ । सुर्खेतबाट मोटर चढेपछि कर्णाली राजमार्ग हुँदै जुम्लाको गोरुचौरसम्म पुग्न सकिन्छ ।

जुम्ला सदरमुकाम जोडिइसकेको कर्णाली राजमार्गअन्तर्गत कालीकोटको नाग्माघाटबाट छुट्टिएर नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौरबाट रारा तालको छेउमा पुग्न सकिन्छ । रारा ताल जान पैदल यात्रीलाई सबैभन्दा सहज बाटो भनेको जुम्ला सुदरमुकाम पुग्नुपर्छ । जुम्ला सदरमुकाम नपुगी नाग्माबाट पनि सिञ्जा उपत्यका हुँदै जान सकिन्छ । जुम्ला सदरमुकामबाट करिब तीन घण्टाको हिँडाइमा डाँफेलेक पुग्न सकिन्छ ।

डाँफेलेक पुग्दा बीचमा पानी खान पाइने ठाउँ छैन । आफैँले पानी बोक्नुपर्छ । रारा भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिनामा उपयुक्त हुन्छ । डिसेम्बरदेखि मार्च महिनासम्म एक मिटरसम्म हिउँ पर्ने हुँदा यहाँको तापक्रम शून्यभन्दा पनि तल हुने भएकाले यो समयमा उपयुक्त हुँदैन ।

दसैँ तथा तिहारको बीचमा रारा घुम्न आन्तरिक पर्यटक बढी आउने गरेको छायाँनाथरारा–७ मा रहेको जीविका होटल एन्ड रेष्टुरेन्टका सञ्चालक अविनारा बुढाको भनाइ छ । दसैँ र तिहारको बीचमा यहाँका होटल आन्तरिक पर्यटकले भरिपूर्ण हुने गरेका छन् ।

पर्यटकलाई राम्रो सेवासुविधा दिनका लागि कुनै कुरामा कमी नगरेको होटल सञ्चालक बुढाले जानकारी दिनुभयो । रारा पुगेर जुम्ला फर्केका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नूपेन्द्र महतले रारासम्म पुग्नका लागि सडक मार्गको स्तरवृद्धि गर्न जरुरी रहेको बताउनुभयो ।

रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार गत साउन १ देखि मङ्सिर मसान्तसम्म आन्तरिक पर्यटक छ हजार ७५, सार्क मुलुकका २६ र अन्य विदेशी नौ हजार नौ सय गरी पाँच महिनामा छ हजार दुई सय पर्यटकले रारा भ्रमण गरेका छन् । यस वर्ष रारामा आन्तरिक तथा बाह्य पर्यटक आगमनको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयका सूचना अधिकारी धितालले जानकारी दिनुभयो । पाँच महिनाभित्र पर्यटकबाट करिब रु १८ लाख राजस्व असुली भएको निकुञ्जले जनाएको छ ।


Spread the love
Previous Post

बालकुमारी घटना : मृतकका परिवारलाई दश लाख क्षतिपूर्ति

Next Post

दमक जेसीजको अध्यक्षमा अधिकारी निर्वाचित

सम्बन्धित समाचार

झापाको  भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।
समाचार

झापाको भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।

२०८० पुष १४, शनिबार १८:४४
रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।
समाचार

रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।

२०८० पुष १४, शनिबार १८:४४
पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।
समाचार

पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।

२०८० पुष १४, शनिबार १८:४४
सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०८० पुष १४, शनिबार १८:४४
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८० पुष १४, शनिबार १८:४४
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८० पुष १४, शनिबार १८:४४
Next Post
दमक जेसीजको अध्यक्षमा अधिकारी निर्वाचित

दमक जेसीजको अध्यक्षमा अधिकारी निर्वाचित

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!