मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

हिमाली हिरा यार्सा बेचेर करोडौँ आम्दानी

दमक पोष्ट by दमक पोष्ट
२०८० श्रावण १२, शुक्रबार २१:३२
in Banner News, समाचार
0
हिमाली हिरा यार्सा बेचेर करोडौँ आम्दानी
170
SHARES
530
VIEWS
Spread the love

मुगु, १२ साउन (रासस) : गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् । जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका स्थानीयले यार्सागुम्बा बेचेर गाउँमा करोडौँ रकम भित्र्याएका हुन् ।

देशभर आर्थिक मन्दी भइरहँदा मुगालहरुले भने गाउँमा करोडौँ रकम भित्र्याइ रहेका छन् । गत जेठ ५ गते मुगुका दुई दर्जनभन्दा बढी पाटनमा यार्सा सङ्कलनका लागि मुगुम कार्मारोङ्ग गाउँपालिकाले प्रवेश अनुमति खुल्ला गरेको थियो ।

यस वर्ष पाटन तथा हिमालमा यार्सा टिप्न जिल्लाका स्थानीयका साथै दैलेख, जाजरकोट, जुम्ला, डोल्पा, कालीकोट, हुम्ला, मनाङ, मुस्ताङ, बाजुराबाट पनि सङ्कलकहरु आएको यार्सा सङ्कलन छोर्तेन लामाले बताउनुभयो । उहाँका अनुसार वर्षाको समय भएकाले पानी र हिउँका कारण यार्सा पाइएको थिएन् । असार ५ गतेपछि मौसममा सुधार आएकाले पर्याप्त यार्सा पाइएको उहाँको भनाइ थियो ।

छायाँनाथ रारा नगरपालिका–१२ लुम्सका कम्वर ऐडीले यार्सा टिप्न पाटन गएका भाइबुहारीले मात्र २५ दिनमा यार्सा बेचेर रू साढे चार लाख आम्दानी गरेका बताउनुभयो । गाउँभरिका यार्सा टिप्न जाने प्रत्येकले रू दुई लाखबढी आम्दानी गरेका भन्दै यस वर्ष लुम्स गाउँमा मात्रै रू ३० देखि ५० लाखसम्म रकम भित्रिएको उहाँले अनुमान गर्नुभयो ।

वडा नं १२ शोभा गाउँका स्थानीय गणेशबहादुर सावतका अनुसार यार्सा बेचेर गाउँमा रू एक करोडभन्दा बढी आम्दानी भएको छ । उहाँका अनुसार मुगालीहरु वर्षभरि खान र वार्षिक आवश्यकताका लागि खर्चको जोहो एक महिना यार्सा टिपेर बेचेको पैसाबाट गर्दै आएका छन् ।

व्यापार, खेतीपाती र नोकरीभन्दा महिनादिनभित्र यार्सा टिपेर बढी आम्दानी हुने भएकाले यस मौसममा यहाँका स्थानीय अन्य काम छोडेर यार्सा टिप्न पाटनहरुमा पुग्ने गर्दछन् । यार्सा व्यापारी पाटनमै पुगेर यार्सा सङ्कलकसँग यार्सा खरिद गर्ने भएकाले यार्सा बिक्री गर्न सङ्कलकलाई बजारको समस्या हुँदैन । पाटनमै टिप्ने उतै बेच्ने पैसामात्र घर ल्याउने गर्दछन् ।

पाटनमा यार्सा व्यापारीले खाल्वा (ठूलो, राम्रो) यार्सालाई प्रतिबुटी रू आठ सय र मध्यमलाई प्रतिबुटी रू चार सय ५० सम्म दिएका सावतले बताउनुभयो । उहाँका अनुसार खाल्वा यार्सा एक केजी पुग्न तीन हजार दुई सय बुटी र मध्यम यार्सा एक केजी पुग्न चार हजारदेखि ४२ सय बुटी आवश्यक पर्दछ ।

यार्सा बेचेर मुगुम कार्मारोङ्ग गाउँपालिकाका सबै बस्ती तथा छायाँनाथ रारा नगरपालिकाका केही बस्तीमा सबैभन्दा बढी रकम भित्रिएको यार्सा सङ्कलक बताउँछन् । त्यस्तै, मह गाउँमा मात्रै रू चार करोडभन्दा बढी रकम भित्रिएको स्थानीय बताउँछन् ।

माग्री, पाँपु, छाइल, चिमात, दाउरा, सेरोग, कार्ति, किम्री, डोल्फु, पुअ, मुगु, ताखा, खारी गाउँमा रू ५० लाखदेखि एक करोडसम्म रकम भित्रिएको मुगु गाउँका स्थानीय छोर्तेन लामाले जानकारी दिनुभयो । उहाँका अनुसार मुगु गाउँमा मात्रै रू तीन करोडभन्दा बढी रकम भित्रिएको छ । नगरपालिका भित्रका तल्लेख, झाकोट, बालचौर, रोवा, सोभा, लुम्स, घटटलेख, जिउला, ¥याङ्गच्याकाटी, थार्प, लुम, बाम, तिर्प, लह, लापुँ गाउँका स्थानीय पनि यार्सा बेचेर मनग्य आम्दानी गरेका छन् ।

मुगुम कार्मारोङ्गस्थित पुअ गाउँका छेवाङ्ग लामाका छोराबुहारीसहित चार जनाले यार्सा बेचेर रू २१ लाख कमाएका छन् । यो सिजनमा रू एक करोडभन्दा बढी रकम यार्सा बेचेर गाउँमा भित्र्याएको उहाँले जानकारी दिनुभयो ।

किम्री गाउँका कार्मा सेराप लामा भन्नुभयो, “भगवान्ले हाम्रा लागी हिमालमा यार्सा होइन हिरा उमारी दिएका हुन् । यार्सा नभइदिएको भए घर खर्च चलाउने, बालबच्चाको पढाइलगायत अन्य खर्चको जोहो गर्न गाह्रो हुन्थ्यो । यहाँ काम तथा रोजगारी पाउन गाह्रो छ । खेतीपाती राम्रो उब्जनी छैन, वर्षेभरि एक बाली उब्जन्छ, आफूजस्ता गरिबका लागि यार्सागुम्बा बरदान साबित भएको छ ।” प्रत्येक वर्ष परिवारका चारसदस्य यार्सा टिप्न पाटन जाने र रू छ/सात लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । कोरोनाकालमा दुई वर्ष यार्सा टिप्नच्न नपाउँदा जीविकोपार्जन गर्न निकै कष्ट भएको तीतो व्यथा उहाँले सुनाउनु भयो ।

“हिमालको हिरा टिप्न सोचेजस्तो सजिलो कहाँ छ र ?”, मह गाउँका राप्के तामाङले भन्नुभयो, “हिउँ÷पानीसँग खेल्नुपर्ने, चिसोबाट बेचेर भोक, प्यासको पर्वाह नगरी अग्लाअग्ला हिमाल र पाटनहरुमा यार्सा खोज्दै चहार्नुपर्ने हुन्छ । पाटनमा बिरामी भए मर्नुबाहेक विकल्प रहँदैन । यति सहेर यार्सा पाए पनि कहाँ सुख छ र पाटनमा यार्सा लुटेराहरु बन्दुकसहित पुगेका हुन्छन् तिनीहरुबाट बेचेर यार्सा बिक्री गर्नु र पैसा बोकेर सुरक्षित साथ घर पुग्नु भनेको एउटा ठूलै युद्ध जिते जस्तै हो ।”

मुगुका माजिङ्ग थान, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, टाँके, रिमाड, हङ्गदङ्ग खोला, च्यार्कुलेख, छुमुरु, छुङ्गडुङ्ग, भावर खोला, असी पाटन, नयाँ वन, टाङ्गवाक, झोवा लेख, वाङ्गरी रमाना, धोवार खोला, च्याङ्गजी लगाएर दुई दर्जनभन्दा बढी पाटनहरुमा यार्सागुम्बा पाइन्छ ।

प्रत्येक वर्ष यार्सा टिप्न जाँदा हिउँ पहिरामा परेर, लेक लागेर र अन्य बिमारी भएर, लुटेरा सङ्कलकबीच झडप हँुदा ज्यानसम्म गुमाउनुपर्ने अवस्था आउने तामाङले बताउनुभयो । यस वर्ष मात्रै पाटनमा हिउँपहिरा परेर, नदीमा खसेर र बिरामी परेर पाँचजनाको मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

यार्सा टिप्न पाटन जानेसँगबाट प्रवेश शुल्कबापत गाउँपालिकाले रू ४५ लाखसम्म राजस्व उठ्ने गरेको मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताउनुभयो । बर्सेनि पाटनहरुमा कोही न कोही यार्सा सङ्कलनको मृत्यु हुने गरेकाले यस वर्षदेखि मृतकका परिवारका भरणपोषणमा सहयोग गर्ने उद्देश्यले पालिकाले प्रवेशबापत उठ्ने शुल्कबाट यार्सा सङ्कलकको रू पाँच लाख बराबरको ‘यार्सा दुर्घटना बीमा’ गरिदिएको उहाँले जानकारी दिनुभयो ।


Spread the love
Previous Post

श्रम गन्तव्य मुलुक जान प्रभावमा नपर्नुस् : श्रम मन्त्रालय

Next Post

नेत्री सुचीलाई कारागारबाट सारियो

सम्बन्धित समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८० श्रावण १२, शुक्रबार २१:३२
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८० श्रावण १२, शुक्रबार २१:३२
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८० श्रावण १२, शुक्रबार २१:३२
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८० श्रावण १२, शुक्रबार २१:३२
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८० श्रावण १२, शुक्रबार २१:३२
नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।
समाचार

नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।

२०८० श्रावण १२, शुक्रबार २१:३२
Next Post
नेत्री सुचीलाई कारागारबाट सारियो

नेत्री सुचीलाई कारागारबाट सारियो

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!