मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

सुकेका रूखमुनि जोखिमपूर्ण बसाइ

दमक पोष्ट by दमक पोष्ट
२०७९ माघ २७, शुक्रबार १९:५४
in Banner News, समाज
0
सुकेका रूखमुनि जोखिमपूर्ण बसाइ
164
SHARES
511
VIEWS
Spread the love

भजनी, २७ माघ (रासस) – कैलालीको टीकापुर बहुमुखी क्याम्पससँग तीन सय ८० बिघा जग्गा छ । विसं २०५८ मा स्थापना गरिएको क्याम्पसलाई तत्कालीन टीकापुर नगर विकास समितिले उक्त जग्गा उपलब्ध गराएको थियो । उपलब्ध गराएको जग्गामध्ये क्याम्पसले ८० बिघा जग्गा मात्रै प्रयोग गर्न पाएको छ भने बाँकी जग्गा वर्षौंदेखि अतिक्रमणमा छ ।

अतिक्रमणमा परेको जग्गा त्यतिबेला जङ्गल नै थियो । अहिले पनि सालका र असनाका रूख त्यो क्षेत्रमा छन् । त्यहाँ भएका रूखमध्ये अधिकांश सुकेका छन् । कैयौँ रूख सुकेर त्यहीँ ढलेका छन् भने कैयौँ त्यस्ता रूख रातारात त्यहाँबाट गायब हुने पनि गरेका छन् । क्याम्पसको जग्गा अतिक्रमण गरेर सयौँ घर निर्माण भएका छन् । रूखका फेदमा निर्माण भएका घर निकै असुरक्षित छन् ।

“गर्मीयाममा हाम्रो जनजीवन निकै त्रासमा हुन्छ, सुकेका रूखका फेदमा टिनका छाप्रामा कतिबेला के हुन्छ थाहै हुँदैन”, स्थानीयवासी रणबहादुर विकले भन्नुभयो, “बर्सेनि सुकेका रूख हावाहुरीसँगै खस्दा कैयौँले ज्यान गुमाउनु परेको छ, कैयौँ विस्थापित हुनुपरेको छ ।”

उहाँले सरकारलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि पटकपटक हारगुहार गर्दा पनि सुनुवाइ नभएको बताउनुभयो । सुकेका रुखलाई समयमा व्यवस्थापन गर्न सके आफूहरु सुरक्षित हुने उहाँ बताउनुहुन्छ ।

सोही शिविरमा बस्दै आउनुभएका वीरबहादुर चौधरीले ज्यान हत्केलामा राखेर दिन बिताउनुपरेको बताउनुभयो । उहाँले बर्सातको समयमा हुने किरा फट्याङ्ग्राको जोखिम, हिउँदमा शीतलहरको जोखिम, गर्मी मौसममा हावाहुरीको जोखिम शिविरका नागरिकका लागि सधैँ महँगो पर्दै गएको बताउनुभयो ।

“यो ठाउँ छाडेर अन्त कतै जानलाई जाने ठाउँ छैन, यतै बस्दा ज्यान सुरक्षित छैन, राज्य हाम्रा कुरा सुन्दैन”, वीरबहादुर भन्नुहुन्छ । क्याम्पसले सङ्कलन गरेकै काठ बिक्रीका लागि अनुमति नपाएपछि काठ सङ्कलनको कामलाई छाडेको छ । केही वर्षपहिले सङ्कलन गरेको करिब दुई हजार पाँच सय क्युफिट काठ बिक्रीका लागि अनुमति नपाएपछि बिग्रन थालेको छ ।

“सङ्कलन भएको काठ बिक्रीका लागि वन मन्त्रालयसँग पटकपटक अख्तियारी माग्दा पनि अख्तियारी दिएको छैन, काठ बिग्रँदै गएको छ”, क्याम्पसप्रमुख केशरबहादुर कुँवरले भन्नुभयो, “बिक्री गर्न नपाएपछि सङ्कलन मात्रै गरेर के गर्ने भनेर सङ्कलन गर्न पनि छाडेका हौँ, अख्तियारी नदिएर सालको काठ बिक्री गर्न पाइँदैन ।”

उहाँका अनुसार सुकेर ढलेका रूखको संरक्षण क्याम्पसले गर्न छाडेको छ । त्यस्ता रूख शिविर क्षेत्रबाट रातारात गायब हुने गरेका छन् । कति रूख कसको अधीनमा पुगे त्यसको लगत क्याम्पसले राख्न छाडेको छ । “काठ बिक्रीका लागि समन्वय गर्दा नै थुप्रै रकम खर्च भएको छ,न त विभागले काठ बिक्रीका लागि अनुमति दिन्छ, न त स्थानीय सरकारलाई आग्रह गर्दा सुनेको छ”, क्याम्पसप्रमुख कुँवर भन्नुहुन्छ, “कतैबाट सकारात्मक प्रतिक्रिया आउन छाडेपछि हामीले पनि त्यसमा चासो दिन छोडेका छौँ ।”

क्याम्पसको हाताभित्र सङ्कलन भएको काठ रु २५ लाख बराबरको छ । सुकेका रूखलाई व्यवस्थापन गरेर बिक्री गरे करोडौँ आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ । यसले एकातिर स्थानीयवासीलाई ज्यान जोगाउन गाह्रो भएको छ भने अर्कोतिर राज्यकोषमा आउने ठूलो स्रोत गुमेको छ ।

शिविरमा अन्य आधारभूत आवश्यकता पनि पुगेका छैनन् । शिक्षा, यातायात, खानेपानी, बिजुली बत्ती लगायतका आवश्यकतामा पनि शिविरका नागरिक वञ्चित हुँदै आएका छन् । टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडकबहादुर शाहले चालू आर्थिक वर्षमा पनि शिविरमा बजेट खर्च गर्न सकिने अवस्था नरहेको बताउनुभयो । उहाँले नगरपालिकाको १२औँ अर्थात् हिउँदे नगरसभामा सरोकारवालाहरुसँग आवश्यक छलफल गरेर क्याम्पसको जग्गामा बसेका नागरिकको सहजताका लागि काम गर्ने आश्वासन दिनुभयो ।

“हामी चाहन्छौँ, शिविरका नागरिकले पनि विकासको अनुभूति गर्न सकून्, सरकार भएको महसुस गर्न सकून्”, नगर उपप्रमुख शाह भन्नुहुन्छ, “नगरपालिकाबाट हुने सीपमूलक तालिम तथा अन्य कुराहरुमा हामीले समन्वय गर्दै आएका छौँ, तर भौतिक विकासका लागि केही अप्ठ्यारा पाटालाई समाधान गरेर अगाडि बढ्ने योजना बनाएका छौँ ।” क्याम्पसको नाममा भएको जग्गामा सुकुम्वासीलाई व्यवस्थित गर्नसमेत चुनौती छ ।


Spread the love
Previous Post

प्याब्सन दमक नगर समिति दमकको आयोजनामा वृहत खेलकुद कार्यक्रम सञ्चालन

Next Post

१३औँ राष्ट्रपति रनिङ सिल्डअन्तर्गत कमल गाउँपालिका स्तरीय खेलकुद प्रतियाेगिता उद्‌घाटन समाराेह सम्पन्न

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७९ माघ २७, शुक्रबार १९:५४
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७९ माघ २७, शुक्रबार १९:५४
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७९ माघ २७, शुक्रबार १९:५४
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७९ माघ २७, शुक्रबार १९:५४
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०७९ माघ २७, शुक्रबार १९:५४
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०७९ माघ २७, शुक्रबार १९:५४
Next Post
१३औँ राष्ट्रपति रनिङ सिल्डअन्तर्गत कमल गाउँपालिका स्तरीय खेलकुद प्रतियाेगिता उद्‌घाटन समाराेह सम्पन्न

१३औँ राष्ट्रपति रनिङ सिल्डअन्तर्गत कमल गाउँपालिका स्तरीय खेलकुद प्रतियाेगिता उद्‌घाटन समाराेह सम्पन्न

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!