मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

प्रयोग नै नगरी थन्कियो दमकल

दमक पोष्ट by दमक पोष्ट
२०७९ माघ २४, मंगलवार १९:२३
in कोशी प्रदेश, समाचार
0
प्रयोग नै नगरी थन्कियो दमकल
165
SHARES
515
VIEWS
Spread the love

खोटाङ, २४ माघ (रासस) : ‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गाउँपालिकालाई दमकल हस्तान्तरण गरेको थियो ।

विराटनगरबाट ल्याएको केही महिनापछि नै ब्याट्री डाउन भएको दमकललाई गाउँपालिकाको केन्द्र खोटाङबजारस्थित इलाका प्रहरी कार्यालयमा थन्क्याएर राखिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा दमकल चलाउनयोग्य सडकसमेत छैन । गाउँपालिकाको केन्द्र खोटाङबजारकै सडक पनि साँघुरो छ । यही कारण प्रदेश सरकारले निःशुल्क उपलब्ध गराएको दमकल प्रयोगमा ल्याउन असहज भएको गाउँपालिकाले जनाएको छ ।

जस्तापाता र खरको छाना भएको पुरानो संरचनाका घरहरू रहेको खोटेहाङ गाउँपालिकामा आगलागीका घटना जिल्लाका अन्य स्थानीय तहभन्दा बढी हुने गरेको छ । आगलागीका घटना नियन्त्रण गर्न प्रदेश सरकारले दुई वर्षअघि दमकल उपलब्ध गराए पनि गाउँपालिकाले उक्त दमकल प्रयोगमा ल्याउन नसकेको हो ।

यद्यपि ब्याट्री फेरेर दमकललाई चालु अवस्थामा राख्ने तयारी गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले बताउनुभएको छ । सुक्खा तथा खडेरीको मौसम सुरु भएकाले दमकलको ब्याट्री फेरेर चालु अवस्थामा राख्ने र चलाउने अपरेटर राख्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

प्रदेश सरकारले गाउँपालिकालाई दमकलसहित एउटा प्रहरी पिकअप भ्यानसमेत हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले उपलब्ध गराएको भ्यान भने इलाका प्रहरी कार्यालय खोटाङबजारले प्रयोग गरिरहेको जनाइएको छ । दमकल र प्रहरी भ्यान लिन पूर्वगाउँपालिका प्रमुख प्रदीपकुमार राई, पूर्वउपप्रमुख कविता राई, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भट्टराईलगायत विराटनगर पुग्नुभएको थियो । प्रदेश सरकारले दमकल र प्रहरी भ्यान उपलब्ध गराएपछि गाउँपालिकाका स्थानीय बासिन्दासमेत हर्षित भएका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकलसमेत प्रभावकारीरूपमा सञ्चालन भएको छैन । सात वर्षअघि खरिद गरिएको नगरपालिकाको दमकल अहिलेसम्म एउटा आगलागीका घटनामा पनि प्रयोग भएको छैन । दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म अन्य स्थानीय तहले भने दमकल खरिद गरेको छैन । पहाडी भू–भाग तथा कच्ची सडक रहेको जिल्लामा दमकल भए पनि प्रयोग गर्न असहज हुने देखिएको छ ।


Spread the love
Previous Post

चिया निर्यातबाट बर्सेनि रु तीन करोड विदेशी मुद्रा आर्जन

Next Post

शाखा अधिकृतको लिखित परीक्षा स्थगित

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ माघ २४, मंगलवार १९:२३
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ माघ २४, मंगलवार १९:२३
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ माघ २४, मंगलवार १९:२३
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ माघ २४, मंगलवार १९:२३
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७९ माघ २४, मंगलवार १९:२३
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७९ माघ २४, मंगलवार १९:२३
Next Post
लोकसेवा आयोगका लिखित परीक्षा पनि स्थगित

शाखा अधिकृतको लिखित परीक्षा स्थगित

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!