दमक – झापाको दमक १० मा रहेको श्रीसिंह देबी माध्यमिक बिधालयमा पुर्व बिधार्थी समाज गठन गरिएको छ ।
ब्याबस्थापन समितिले आज शनिवार बिधालयमा आयोजना गरेको पुर्व बिधार्थीहरुको भेलाले बिधालयका पुर्व प्राधानाध्यापक समेत रहेका रुद्रप्रसाद सुवेदी अध्यक्ष रहेको ११ सदसीय समितिको चयन गरेको हो । समितिको पहिलो बैठकबाट पदहरु बाडफाड गर्नेगरी पुर्व बिधार्थीहरु बालकृष्ण खनाल, नगेन्द्रमणी न्यौपाने, घनश्याम खनाल, सैगुन राई, अर्जुन कृष्ण रेग्मी, टक प्रसाद न्यौपाने यसैगरी विशाल दाहाल, अम्बिका न्यौपाने कोइराला, शारदा अधिकारी, खिनमाया खरेल, सृजना धिमाल र गगा अधिकारी भण्डारीको नाम सर्बसम्मत चयन गरेको हो ।
यसैगरी सो समितिम लाई अन्य दुई मनोनित गरिने र १५ सदसीय समितिलाई पुर्णता दिनेपनी भेलाले सहमती गरेको छ । बिधालयका सस्थापक अध्यक्ष हरिप्रसाद न्यौपानेको प्र्मुख आतिथ्य रहेको सो कार्यक्रममा पुर्व अध्यक्षहरु बोधराज न्यौपाने, देबिप्रसाद दाहाल, अम्बिका खनाल दमक १० वडा सदस्य जंगवीर राई लगायतको उपस्तिथि रहेको थियो ।
बिधालय ब्याबस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद न्यौपानेको अध्यक्षता भएको कार्यक्रममा प्रधानाध्यापक हरिनारायण अधिकारीले बिधालयको गतिबिधिका बारेमा प्रस्ट्याउनु भएको थियो ।

















Discussion about this post