काठमाडौं, २ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाने भएका छन् ।
नेपालको पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरुको भ्रमणका लागि आगामी हप्ता पूर्वराजा शाह भैरवा जाने उनको संवाद सचिव डा फणिराज पाठकले जानकारी दिएका छन् ।
उनका अनुसार पूर्वराजा शाहसँगै उनकी पत्नी पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह पनि जानेछिन् ।
Discussion about this post