पाल्पा । पाल्पाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ प्रदेश सभा (२) मा नेकपा एमालेका खेमबहादुर सारु निर्वाचित भएका छन् । सारु आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेसका शंकर खनाललाई ४ हजार ७ सय ९१ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
सारुले १४ हजार २ सय ९६ मत ल्याउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार खनालले ९ हजार ५ सय ५ मत प्राप्त गरे । लामो समय शैक्षिक क्षेत्रमा सक्रिय रहेका सारु पहिलो पटक प्रदेश सभामा उम्मेद्वार बनी निर्वाचित भएका हुन् ।














Discussion about this post