काठमाडौं । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित हुनुभएको छ ।
संसदमा बुधबार भएको निर्वाचनमा दुई प्रतिष्पर्धीलाई हराउँदै विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित हुनुभएको बीबीसीले जनाएको छ । कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघेले १ सय ३४ मत पाउनुभएको छ ।
यसअघि पनि उहाँ ६ पटक श्रीलंकाको प्रधानमन्त्री बन्नुभएको थियो । श्रीलंकाको संसदमा २ सय २५ सदस्य छन् । तीमध्ये २ सय २३ जनाले मतदान गरेको र २ सय १९ मत सदर भएको समाचारमा उल्लखे गरिएको छ ।
विक्रमासिंघेका प्रतिष्पर्धी दलास अलाहप्पेरूमा ८२ र अनुरा कुमारा दिस्सानायके ३ मत पाएका छन् । श्रीलंकाको संसदमा राष्ट्रपति छान्न पहिलो पटक मतदान भएको हो । कार्यकारी अधिकारसहितको श्रीलंकाको राष्ट्रपति आमनिर्वाचनबाट चुनिन संवैधानिक व्यवस्था छ ।
नवनिर्वाचित राष्ट्रपति विक्रमासिंघे सन् २०२४ सम्म पदमा रहनेछन् ।
Discussion about this post