दमक – झापाको दमक नगरपालिका वडा नं. -२, ले एक कार्यक्रमको आयोजना गरि वडा भित्रका करिव ६२ वटा टोल बिकास सस्थाका सदस्यहरुलाई सहभागी गराई ३ दिने लेखा बचत तथा माईनट लेखन तालिम आज सम्पन्न गरेको छ ।
उक्त तालिममा ५७ जना टोलका सदस्यहरुले तालिममा सहभागिता जनाएका थिए । उक्त तालिमको मुख्य प्रशिक्षण दिपक खनालले गरेका थिए । उक्त तालिमको सहभागिहरुले तालिममा पाएको ज्ञान आफ्नो टोलमा प्रयोग गर्ने बताए । तालिमको दिक्षान्त समारोहको सन्चालन वडा नं. २ का वडा सचिव बाल कृष्ण कोईरालाले गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथिमा दमक नगरपालिकाका मेयर राम थापाको उपस्थिती रहेको थियो ।भने कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष प्रजापती सापकोटाले गरेका थिए । उक्त कार्यक्रममा सहभागीहरुलाई तालिमको प्रमाण पत्र समेत बितरण गरिएको थियो ।













Discussion about this post