कमल । झापाको कमलनगर जेसीजले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक न्याय र लैङिगक समानताः दिगो विकासको सुनिश्चितता भन्ने नारा सहित १ सय १२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाइएको हो ।
त्यस अवसरमा सामाजिक न्याय लैङ्गिक समानता र दिगो विकासमा जेसीजको भूमिका विषयमा भएको अन्तरक्रियामा ६५ भन्दा बढि महिलाहरुको सहभागिता रहेको थियो । कमल ५ पाडाजुङ्गीको रोडस्टार पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थामा आबद्ध, व्यवसायी श्रमिक महिलाहरुले सहभागिता जनाएका थिए ।
नारी आन्दोलनकी अभियन्ता क्लारा जेटकिनले सन् १९११ मार्च ८ का दिन महिला कामदार माथिको श्रम शोषण विरुद्धको आवाज उठाएको दिनको सम्झनामा यो दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउन थालिएको हो ।
अन्तरक्रिया कार्यक्रममा सहभागि महिलाहरुले पहिलेको तुलनामा महिला हिंसा केहि कम भएता पनि अहिले पनि महिला र पुरुष बिच भेदभाव रहेको बताएका थिए । दिन प्रतिदिन बलात्कार, लागुपदार्थ, दाइजोका नाममा हिंसात्मक घट्नाहरु घटिरहेकोले कमलनगर जेसीजले गाउँ टोल कुनाकुनामा हिंसा भोगिरहेका महिलाहरुका लागि सचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने बताएका थिए ।
अन्तरक्रिया कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, दमक नगरपालिका उपप्रमुख गिता अधिकारी, गौरादह नगरपालिकाका उपप्रमुख गिता भेटवाल, सामाजिक व्यक्तित्व रेगिना प्रसाईले आगामी दिनमा जेसीज संगको सहकार्यमा महिलाहरुका लागी क्षमता अभिवृद्धि गर्न आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका जेसीज वर्ष २०२२ का अध्यक्ष नारायण बस्नेतले कार्यक्रम माथि सहजिकरण गर्नुहुँदै भोलीका दिनमा कमलनगर जेसीजले महिलाहरुको क्षेत्रमा अझ उत्कृष्ट ढंगबाट कसरी कार्य गर्न सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्दै पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रम संयोजक मनिसा कठायतले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सहभागि महिलाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा कमल गाउँपालिका १ का वडाध्यक्ष कमल कट्वाल, लेखक राम नेपाल, निवर्तमान अध्यक्ष, बोर्डका पदाधिकारी तथा सदस्य, कमल, दमक, गौरादहका महिलाहरु ,सामुदायिक विद्यालयका महिला प्रधानानध्यापक लगायतको उपस्थिति रहेको थियो ।


















Discussion about this post