सुहाना बस्नेत, भोजपुर । भोजपुरको भोजपुर बजारमा रक्तदान कार्यक्रम हुने भएको छ ।
नयाँ सोच परिवर्तनशील युवा सेवा समाज नेपाल, भोजपुरको आयोजनामा कार्यक्रम हुन लागेको हो । माघ १६ गते शनिबार शहिद दिवसको अवसरमा सहिद पार्कमा रक्तदान कार्यक्रम हुने भएको हो ।
हाम्रो खेर जाने रगत दान गर्दा कसैको जीवन बाँच्छ भने त्यो भन्दा ठूलो योग्दान केही नहुँने भन्दै कार्यक्रमको आयोजना गरिएको हो । मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुल उद्धेश्यका साथ स्थापना भएको यस संस्थाले विभिन्न यस्ता सामाजिक कार्य गर्दै आएको संस्थाका अध्यक्ष समिर दुलालले बताए ।
साथै उक्त बृहत रक्तदान कार्यक्रममा सबैको उपस्तिथि रहन र रक्तदान कार्यक्रममा सहभागी हुन आयोजकले सबैमा अपिल समेत गरेको छ ।













Discussion about this post