मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

नवलपरासीमा दुई लाखले भरे राष्ट्रिय परिचयपत्रको फारम

दमक पोष्ट by दमक पोष्ट
२०७८ मंसिर २५, शनिबार ०९:३०
in समाज
0
नवलपरासीमा दुई लाखले भरे राष्ट्रिय परिचयपत्रको फारम
163
SHARES
510
VIEWS
Spread the love

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा झण्डै दुई लाखले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् ।

जिल्लाका स्थानीय तहमा सञ्चालन गरिएको घुम्ती शिविर र फिल्ड कार्यालयमा नै पुगेर राष्ट्रिय परिचयपत्रको फारम भर्नेको संख्या एक लाख ९७ हजार ३८२ पुगेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले साउनमा सञ्चालन भएको घुम्ती शिविरबाट एक लाख ८४ हजार ३३७ ले राष्ट्रिय परिचयपत्रको फारम भरेको जानकारी दिए । त्यस्तै जिल्ला प्रशासन कार्यालयमा रहेको फिल्ड कार्यालयमा नै पुगेर शुक्रवारसम्म १३ हजार ४५ ले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका थापाको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट नयाँ नागरिकता बनाउने भन्दा धेरैले नागरिकताको प्रतिलिपि निकालेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ को कात्तिक मसान्तसम्म जिल्लामा चार हजार ४८६ ले नयाँ नागरिकता बनाउँदा चार हजार ६०१ ले नागरिकताको प्रतिलिपि निकालेका छन् ।

नयाँ नागरिकता बनाउने पुरुष दुई हजार ३३५ तथा महिला दुई हजार १५१ रहेका भन्दै सहायक प्रजिअ थापाले नागरिकताको प्रतिलिपि निकाल्ने पुरुष दुई हजार ४४१ तथा महिला दुई हजार १६० रहेका बताए ।

‘नागरिकताको प्रतिलिपि निकाल्नेको संख्या साउन भदौमा बढी देखिएको थियो’, सहायक प्रजिअ थापाले भने, ‘गाउँगाउँमा राष्ट्रिय परिचयपत्रका लागि टोली जाँदा धेरैको नागरिकता थोत्रो भएको, प्रष्ट नबुझिने भएको तथा नष्ट भएका जस्ता कारण उनीहरुको परिचयपत्रको काम भएन अनि प्रतिलिपि निकाल्न आएका थिए ।’ विभिन्न जिल्लाबाट नवलपुरमा बसाइँ सरेर आउनेको नागरिकताको प्रतिलिपिसमेत यहीँ बनाइएका कारण प्रतिलिपि निकाल्नेको संख्या धेरै देखिएको सहायक प्रजिअ थापाले बताए ।

जिल्ला प्रशासनमा राहदानीको काम रोकिएको छ । पुरानो (एमआरपी) राहदानी निर्माण रोकेर नयाँ ‘इ–पासपोर्ट’ बनाउन शुरु भएसँगै जिल्लाबाट राहदानीको काम रोकिएको हो । यद्यपि अत्यावश्यक पर्ने व्यक्तिका लागि इ–पासपोर्टको सिफारिस दिने काम भइरहेको सहायक प्रजिअ थापाले बताए ।

‘बिरामी भएर उपचारका लागि विदेश जानुपर्ने, विदेश गएर फर्किएर आएको पासपोर्टमा भिसा भएको तर पासपोर्टको म्याद सकिन लागेका जस्ता प्रमाण देखाएको अवस्थामा हामीले इ–पासपोर्टका लागि सिफारिस दिने गरेका छौँ’, सहायक प्रजिअ थापाले भने, ‘अन्य कामका लागि पासपोर्टको सिफारिस बन्द गरिएको छ ।’

अभिभावक विदेशमा रहेका तर नाबालक नेपालमा नै रहेका र उनीहरुलाई विदेश लैजानुपर्ने अवस्था आएको खण्डमा पनि राहदानी सिफारिस दिने गरेको थापाले बताए तर, वैदेशिक अध्ययन तथा रोजगारका लागि जान नयाँ राहदानी बनाउन आउनेको हकमा भने अहिले सिफारिस बन्द गरिएको छ ।

अबको केही समयमा नै जिल्लाबाटै इ–पासपोर्ट जारी गर्ने तयारी भइरहेको भन्दै थापाले जिल्लाबाट इ–पासपोर्टको सिफारिससमेत बन्द गरिने बताए । अहिले राहदानी विभागसहित उपत्यकामा तीनओटै जिल्ला प्रशासन कार्यालयले ई–पासपोर्ट जारी गर्दै आएका छन् ।

जिल्लामा साउनदेखि मंसिर पहिलो सातासम्म दुई हजार ६२० पुरुष तथा एक हजार ४०८ महिला गरी चार हजार २८ जले राहदानी लिएका छन् । रासस


Spread the love
Previous Post

देउवा आरजु राणाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

Next Post

आज १९ लाख मोडेर्ना खोप नेपाल आउँदै

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७८ मंसिर २५, शनिबार ०९:३०
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७८ मंसिर २५, शनिबार ०९:३०
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७८ मंसिर २५, शनिबार ०९:३०
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०७८ मंसिर २५, शनिबार ०९:३०
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०७८ मंसिर २५, शनिबार ०९:३०
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०७८ मंसिर २५, शनिबार ०९:३०
Next Post
आज १९ लाख मोडेर्ना खोप नेपाल आउँदै

आज १९ लाख मोडेर्ना खोप नेपाल आउँदै

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!