झापाको दमक २ मा रहेको सरस्वती आधारभूत विद्यालयले आफ्नो स्थापनाको ६०औँ वर्ष पुरा गरेको अवसरमा ६० दिन हीरक जयन्ती मनाउने भएको छ । मंसिर ९ गतेदेखि माघ ९ गतेसम्म विभिन्न ६० कार्यक्रमसहित हीरक जयन्ती मनाउने भएको हो ।
२०२२ सालमा स्थापना भएको उक्त विद्यालयले विभिन्न दाताहरू, पूर्व विद्यार्थीहरू, पूर्व शिक्षकहरू तथा अभिभावकहरूको आर्थीक हयोगबाट ६० दिनको कार्यक्रम सम्पन्न गर्ने विद्यालयले जनाएको छ ।
विद्यालयको यात्रा लामो र ऐतिहासिक रहेकोले विद्यालयको इतिहासमा टेकेर विद्यालयलाई नयाँ उचाईमा लैजानका लागि कार्यक्रमको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश गुरागाईंले बताए ।
त्यस क्षेत्रकै नमुना विद्यालय बनाउने उदेश्यका साथ विभिन्न संघ संगठन र समुदायनै सक्रियताका साथ लागेको उनको भनाई छ । “विद्यालयको ६० वर्षको इतिहासलाई फेरी एकै ठाउँमा ल्याएर विद्यालयलाई उत्कृष्ट बनाउने योजनासहित ६० दिन ६० कार्यक्रमको आयोजना गरेका छौँ ” उनले भने ।
६० दिनमा ६० कार्यक्रमको लोगो सार्सावजनीक गर्दै सामुदायीक विद्यालय सुधार सम्बन्धी खुला बहस, शैक्षिक सामग्री निर्माण प्रतियोगिता र शैक्षिक प्रदर्शनीदेखि टिकटक प्रतियोगितासम्मका कार्यक्रम आयोजना गरिएकोछ।












Discussion about this post