१५ मॅसिर ३०८२,काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय र्याड सदस्य सोम तामाङलाई केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका सदस्यमा मनोनीत गरेको छ।
पार्टीको विधि, विधान, नीति–सिद्धान्त तथा विभागीय नियमावलीअनुसार तामाङलाई नयाँ पदीय जिम्मेवारी प्रदान गरिएको हो।
तामाङलाई मनोनीत पत्र राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी हस्तान्तरण गरेका हुन्। विगत दुई वर्षदेखि तामाङ केन्द्रीय र्याड सदस्यका रूपमा सक्रिय रहेर योगदान दिँदै आएका छन्।
निर्माण व्यवसायमा संलग्न तामाङ सामाजिक क्षेत्रका सक्रिय व्यक्तित्वको रूपमा पनि चिनिन्छन्। नयाँ जिम्मेवारीसहित उनले पार्टीभित्र प्रविधि, सूचना र विज्ञानसम्बन्धी गतिविधि सुदृढ बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ।












Discussion about this post