१० असोज २०८२ दमक
“दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ।” -भन्ने मुल नारा र बिस्वासका साथ दमक ईशाई समाजले दमकमा रहेको ईलाका प्रहरी कार्यलय भवन पुन:निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
भनिन्छ “थोपा थोपा मिले सागर बन्छ !” यसै भनाइ अनुसार गएको जेनजी आन्दोलनमा क्षति भएको इलाका प्रहरी कार्यालय भवन पुन:निर्माण कार्यको निम्ति दमक नगर ईसाई समाजले २,१६,६५५/- (दुई लाख सोह्र हजार छ सय पच्पन्न रुपैयाँ) भवन पुन:निर्माणका लागि उक्त रकम सहयोग गरेको हो ।
उक्त रकम भवन निर्माण संयोजक तथा दमक उद्योग बाणिज्य संघका अध्यक्ष श्री गोपाल गुराँगाईको हातमा उल्लेखित रकमको चेक पुर्व दमक ईशाई समाजका अध्यक्ष आकाश थुलुङ्ग धनकुमार राईको हातबाट हस्तान्तरण गरिएको हो ।
उक्त रकम हस्तान्तरणमा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डि.एस्.पी. राम प्रसाद तिमिल्सिना लगायत दमक नगर ईसाई समाजका अध्यक्ष लगायत सम्पुर्ण धर्मगुरुहरुको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।
उक्त सहयोग रकम दमक ईशाई समाजमा आबद्द विभिन्न मन्डलिहरुले आ-आफ्नो तर्फबाट स्वतस्फुर्त रुपमा मुट्ठी खोलेका थिए ।
भवन निर्माणका लागि सहयोग गर्नुहुने सबै मन्डली परिवारलाई दमक विपद ब्यबस्थापन उपसमितिले धन्याबाद ब्यक्त गरेका छन ।
Discussion about this post