१८ जेष्ठ २०८२झापा /
झापाको दमकमा पर्यावरण संरक्षण चुनौती बनिरहेका बेला ‘ग्रीन दमक, क्लिन दमक’ नाम दिएर नेकपा माओवादी केन्द्र दमक नगर समितिले यसवर्ष पनि वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिएको छ ।
फलफूलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ पार्टीले गतवर्षदेखि शुरु गरेको वृक्षरोपण कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिएको हो ।
शनिवार दमकको हंसेदुम्से सामुदायिक बनको फोहोर थुपारिएको ७ विगाहा क्षेत्रमा दुइहजार फलफुलका बिरुवाहरु रोप्दै दोश्रो चरणको वृक्षरोपण थालनी गरिएको हो ।
वातावरण संरक्षणमा टेवा पुगोस् भन्ने आधारमा यो अभियान चलाएका छौं, अभियानको नाम नै ‘ग्रीन दमक, क्लिन दमक’ राखेका छौं।’ उनले थपे यसमा सबैको साथ पाउने अपेक्षा गरेका छौं।
अघिल्लो वर्ष पनि अभियानअन्तर्गत अमला, अम्बक, लिची, कागती, तेजपात, मसला, टिक, खयर खमारी, टाँकीलगायत रुख तथा छाँयादार बिरुवा रोपिएको र अहिले पनि यसलाई निरन्तरता दिएको पार्टी केन्द्रिय सदस्य विरेन्द्र बस्नेतले जानकारी दिए ।
यसैगरी पार्टी जिल्ला समिति संयोजक राजु आचार्य अग्नीले अभियानबारे प्रतिक्रिया दिँदै सरकारी, नीजि र साझेदारीको अवधारणा अनुसार विरुवा रोपण अभियान सफल बनाउन नगर समिति, वडा समितिमात्र नभएर घरघरबाट जुट्न आवश्यक रहेको बताए ।
उनले एक घर दुई विरुवाको नीति अनुसार अभियान अघि बढइने नगरको योजनामा जिल्ला समितिको सहयोगी भूमिका रहने बताए ।
बिरुवालाई नियमित मलजल र गोडमेल एवं संरक्षण भएनभएको सम्बन्धित वडाले अनुगमन गर्दै आएको र यो पटक पनि वडा र टोलहरुमा जनताका करेसा र बारीहरुमा विरुवा रोपिने नगर समिति इन्चार्ज बेद गौतमले जानकारी दिए ।















Discussion about this post