मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

पोखरामा ‘नैनताल’

दमक पोष्ट by दमक पोष्ट
२०७९ पुष १३, बुधबार ०९:१२
in Banner News, गण्डकी प्रदेश, मनोरन्जन
0
पोखरामा ‘नैनताल’
163
SHARES
510
VIEWS
Spread the love

‘नैन ताल
घुमी आयो रेल
आँखामा लाउने कालो गाजल
बुलबुलेमा तेल…’

भनिन्छ, पोखरा ‘लाहुरेको सहर’ हो । मध्यसहरमा मङ्गलबार साँझ लाहुरेकै गीत गुञ्जियो, ‘नैनताल’ । जसले गोर्खाहरूको कथा भन्छ । गोर्खा सैनिकका दुःखवेदनाबाट जन्मेको गीतलाई नेपथ्यका गायक अमृत गुरुङले पोखरेलीमाझ सुनाए ।

प्रदर्शनी केन्द्रमा ठेलमठेल दर्शकबीच गुरुङले झण्डै तीन घण्टा गायकीको जादु चलाए । ‘मानवता लागि साङ्गीतिक यात्रा’मा निस्केको नेपथ्य टोलीले मानवसेवा आश्रमका लागि आफ्नो ‘लाइभ कन्सर्ट’ समर्पित गरेको थियो ।

सधैँझैँ जिन्सको पहिरनमा उस्तै उर्जा, शैली र हाउभाउमा प्रस्तुत भएका गायक गुरुङले अन्तिमसम्मै दर्शकलाई कन्सर्टमा रोक्न सफल भए । उनले गीत आफैँमात्र गाएनन्, दर्शकलाई पनि गला मिलाउन बाध्य तुल्याए । ताली र वाहीवाहीसँगै दर्शकले नाचेर पनि साथ दिए ।

मानवसेवा आश्रमको भवन निर्माण सहयोर्ग नेपथ्यलाई जोड्न पाएकामा गायक गुरुङले आफूहरूलाई धन्य ठाने । ‘सहयोगापेक्षी सडक मानवमुक्त नेपाल’ बनाउने अभियानमा सबैलाई हातेमालो गर्न उनले अनुनय गरे ।

“यस्तो सुन्दर ठाउँमा जन्मन पाएकामा आमा तिम्रो कोखलाई धन्यवाद’ भनेका गुरुङले हरेकले एकपटक देश दर्शनमा जानुपर्ने उल्लेख गरे । गीतको खोज र सङ्कलनकै क्रममा धवलागिरि क्षेत्रमा हिमाल–पहाड चहारेका उनले गीतबाटै दर्शकलाई पनि उतै लगे ।

‘तकसेरा झरौँला, डम्चनमा बसौँला
ढोरपाटनमा घरजम गरौँला
शिरफूल शिरैमा, वनफूल वनैमा
हिउँको फूल धौलाश्रीमा…’

तक्सेरा रुकुमपूर्व पर्छ भने र ढोरपाटन बागलुङमा । गीतमा उल्लेख ‘धौलाश्री…’ म्याग्दीको हिमाल हो । हिमाल, पहाड, तराई जहाँ गयो त्यहीँको ठाउँले आफूलाई लोभ्याउने गरेको सुनाएका गुरुङ गीतमार्फत् एकैछिनमा पूर्व पुगे ।

‘कोसीको पानी यो जिन्दगानी सललल जाइजाने हौ हजुर
आमाको कोखमा बासमात्रै लिएँ नि कुन देशको मरण हौ हजुर…’

एकातिर गीत र अर्कातिर बीचबीचमा सन्देशप्रद विचार राखेर गुरुङले दर्शकको मन जितिरहे । राजनीतिज्ञ र प्रशासकलाई उनले आग्रह गरे– “युवालाई विदेश पयालयन हुनबाट रोकौँ, रोजगार सिर्जना गरेर यहीँ काम दिऔँ ।” गुरुङले कोही पनि नेपाली रोजरोटीका लागि विदेश जान नपरोस् भनेर काम गरे ।

गुरुङले नेपथ्यका चर्चित गीत ‘रेशम’ ‘तालको पानी’, ‘जोगले हुन्छ’, ‘जोमसोमे बजार’, मै ‘नाचे छम्छमी’लगायत गाए । उनलाई ड्रमसेटमा धु्रव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए ।

बत्तीस वर्षअघि जन्मेको नेपथ्य देश–विदेशमा प्रसिद्धि कमाएको लोक रक ब्याण्ड हो । ब्याण्डले यसपालि मानवसेवा आश्रमको आयोजनामा देशमा प्रमुख सहरमा लाइभ कन्सर्ट गरिरहेको छ । पोखरामा पनि आश्रमकै भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले कन्सर्ट राखिएको हो ।

पोखरा महानगरपालिका–२५ हेम्जामा आश्रमको भवन निर्माणाधीन अवस्थामा छ । रु १० करोड लाग्ने सो भवनका लागि बजेट अभाव भएपछि आश्रम व्यवस्थापनले नेपथ्यसँग मिलेर साङ्गीतिक अभियानको जुक्ति निकालेको थियो । त्यसकै लागि टिकट किनेर सयौँ दर्शकहरू कन्सर्टमा पुगेका थिए ।

मानवता प्रवद्र्धन महाअभियामा लागेको आश्रमले सरकारसँग मिलेर सडक मानवमुक्त देश घोषणा गर्ने लक्ष्य लिएको छ । सोही उद्देश्यका लागि विभिन्न जिल्लामा अहिले आश्रमका भवन बनिरहेका छन् । प्रदेश राजधानी पोखरासँगै बागलुङमा पनि आश्रमको भवन निर्माणाधीन अवस्थामा छ । रासस


Spread the love
Previous Post

नेप्से परिसूचक ५९ दशमलव ८७ अंकले बढ्यो, झण्डै ४ अर्बको कारोबार

Next Post

आजको मौसम सामान्यतया सफा

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७९ पुष १३, बुधबार ०९:१२
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७९ पुष १३, बुधबार ०९:१२
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७९ पुष १३, बुधबार ०९:१२
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७९ पुष १३, बुधबार ०९:१२
सरकारले फेसबुक, द्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो ।
Banner News

सरकारले फेसबुक, द्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो ।

२०७९ पुष १३, बुधबार ०९:१२
हिन्दी फिल्म`PARADOX´शुभ मुहर्त सम्पन्न ।
जीवनशैली

हिन्दी फिल्म`PARADOX´शुभ मुहर्त सम्पन्न ।

२०७९ पुष १३, बुधबार ०९:१२
Next Post
आज पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु

आजको मौसम सामान्यतया सफा

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!