दमक । ‘हैट’ थेगोको कारण चर्चित कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । उनी मकवानपुरकी अनु थिङ तामाङसँग विवाह बन्धनमा बाँधिने भएका हुन् ।
उनी काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ३ कुडवालमा जन्मिएका हुन् । दर्शकमाझ हैट नामले परिचित बुद्धिले दर्जनौं फिल्महरुमा अभिनय गरेका छन् ।
बुद्धि र अनुको विवाह समारोह शुक्रबार कौसलटारको एक पार्टी प्यालेसमा आयोजना हुँदैछ । अनुसँग आफुले मागी विवाह गर्न लागेको बुद्धिले बताए । बुद्धिले अनुसँग तामाङ परम्पराअनुसार विवाह गर्न लागेका हुन् ।
कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्म अभिनय गरिसकेका छन् ।














Discussion about this post