मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

अध्यक्षको राजीनामा माग गर्दै गोरखापत्र संस्थानका कर्मचारी आन्दोलित

abinmenyangbo by abinmenyangbo
२०८० चैत्र २१, बुधबार २१:१७
in Banner News, अर्थ
0
अध्यक्षको राजीनामा माग गर्दै गोरखापत्र संस्थानका कर्मचारी आन्दोलित
172
SHARES
537
VIEWS
Spread the love

काठमाडौं । गोरखापत्र संस्थानका कर्मचारीहरू कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन् । संस्थान प्रमुखका रूपमा संस्थाको वृहत्तर हित गर्नुपर्नेमा त्यो नगरी व्यक्तिगत स्वार्थसिद्धका लागि आर्थिक तथा प्रशासनिक अराजकता मच्चाएको, विधि प्रक्रिया मिचेर कर्मचारी भर्ना गरेको, सार्वजनिक खरिद ऐनविपरीत वस्तु तथा सेवा खरिद गरेर भ्रष्टाचार गरेकोलगायत आरोप लगाएर त्यहाँ क्रियाशील नेपाल राष्ट्रिय कर्मचारी संगठन–२०६३, प्रेस सेन्टर, गोरखापत्र शाखा र श्रमजीवी पत्रकार संघ, गोरखापत्र शाखा संयुक्त रूपमा सुवेदीविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

यसअघि चैत १२ गते त्यहाँ क्रियाशील तीनवटै संगठनले सुवेदीको राजीनामा माग गरेर तीनदिने अल्टिमेटम दिएका थिए । उक्त अवधिमा सुवेदीले राजीनामा नदिएपछि चैत १६ गतेबाट कर्मचारीहरू संघर्षमा उत्रिएका हुन् ।

तीन कर्मचारी संगठनको अगुवाइमा संस्थानका कर्मचारीहरूले चैत १६ गतेबाट लगातार बिहान १० बजेदेखि ११ बजेसम्म संस्थानको मूल गेटमा धर्ना दिइरहेका छन् । बिहीबार भोलिबाट भने आन्दोलनको स्वरूप परिवर्तन गरेर कार्यकारी अध्यक्षलाई प्रवेश नै निषेध गर्न लागिएको गोरखापत्र संस्थानको आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठन–२०६३ का अध्यक्ष विष्णुप्रसाद खनालले जानकारी दिए ।

संस्थान नेतृत्वमा असफल हुनुको साथै राजनीतिक इमानदारितासमेत नदेखाएकाले सुवेदीको राजीनामालाई ‘बटमलाइन’ बनाएर आफूहरू संघर्षमा उत्रिएको खनालले बताए । लामो इतिहास बोकेको गोरखापत्रमा सुवेदीले भ्रष्टाचार तथा अनियमितताको कीर्तिमान बनाएको र यही कारण अबको केही महिनामै यो संस्था ताला लाग्ने गरी संकटग्रस्त अवस्थामा धकेलिएको खनालको दाबी छ । उनका अनुसार, सुवेदीले गरेका भ्रष्टाचारमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रलगायतमा उजुरी परेको छ ।

‘संस्थानमा भ्रष्टाचार र अनियमितता मच्चाएका सुवेदी नेतृत्वमा पूर्णतः असफल भएकाले यही चैत १२ गते राजीनामाका लागि तीनदिने अल्टिमेटम दिएका थियौं,’ उनले भने, ‘उक्त समयसीमा उल्लंघ गरेकाले धर्ना, प्रवेश निषेधलगायतका कार्यक्रममा उत्रिएका हौं ।’

गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सरकारले नियुक्ति गरेर पठाउने र त्यस्ता व्यक्तिले समय बाँकी नै भए पनि आफूलाई सिफारिस गरी पठाउने दल सरकारबाट बाहिरिएलगत्तै राजीनामा दिएर मार्गप्रशस्त गर्ने परम्परा छ । तर ०७८ असोजमा शेरबहादुर देउवा नेतृत्वको सरकारबाट नियुक्ति पाएर गोरखापत्रको नेतृत्व सम्हाल्न पुगेका सुवेदीले सो दल प्रतिपक्ष भूमिकामा पुगे पनि अहिलेसम्म राजीनामा दिएका छैनन् । यसअघि ०७९ पुसमा माओवादी–एमाले गठबन्धनको सरकार गठन हुँदा पनि सुवेदीलाई राजीनामा दिन तीव्र दबाब परेको थियो । तर त्यसको दुई महिनापछि पुनः माओवादी युटर्न भएर कांग्रेससँग सहकार्य गर्न पुगेपछि भने उनलाई राहत मिलेको थियो । १२३ वर्ष लामो इतिहास बोकेको गोरखापत्र दैनिकमा कार्यकारी अध्यक्षको राजीनामा माग गरेर पहिलो पटक कर्मचारी आन्दोलित भएका हुन् ।


Spread the love
Previous Post

स्वस्तिमा, हरिवंशदेखि दिपक दीपालाई अवार्ड, उत्कृष्ट फिल्म र सर्टफिल्ममा ‘चिसो मान्छे’ र ‘घुर्रा’

Next Post

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०८० चैत्र २१, बुधबार २१:१७
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०८० चैत्र २१, बुधबार २१:१७
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०८० चैत्र २१, बुधबार २१:१७
सरकारले फेसबुक, द्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो ।
Banner News

सरकारले फेसबुक, द्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो ।

२०८० चैत्र २१, बुधबार २१:१७
प्रेस बिज्ञपति ।
Banner News

प्रेस बिज्ञपति ।

२०८० चैत्र २१, बुधबार २१:१७
भारतिय शीर्ष व्यवसायि समुदायले नेपाली व्यवसायी बलध्वज लिम्बुलाई मलेशियामा सम्मान गर्यो ।
Banner News

भारतिय शीर्ष व्यवसायि समुदायले नेपाली व्यवसायी बलध्वज लिम्बुलाई मलेशियामा सम्मान गर्यो ।

२०८० चैत्र २१, बुधबार २१:१७
Next Post
अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!