म तेल थप्दा थप्दै पनि दियोमा
सलेदो झै जलिरहेको छु
म यो समयको जालमा होइन मित्र
म यो समाजको जन्जिरमा ठगिइरहेको छु ।
तिमी मलाई देखेर हास्दछौ
म दुनिया देखेर निरस हुन्छु
तिमी चरिको गीतमा नाच्दछौ
म मैनाको वियोग सम्झेर रून्छु
तिमी मिचिमिची कपडा पखाल्दछौ
म शव्दशव्दले मनको मैला धुन्छु
हो साथी
म यो समाजको जन्जिरमा ठगिइरहेको छु ।
तिमी फोहोरको थुप्रो देखेर नाक थुन्छौ
म त्यहीँ फोहोरबाट अमृततुल्य सुन्तला फलाउछु
तिमी ओम ब्रमास्मी भन्दै आँखा चिम्लिन्छौ
म पेट छाम्दै जमिनमा धानको वाला झुलाउछु
तिमी हिड्न अल्छी गर्छौ
म जमिन देखि क्षितिजसम्म यान उडाउछु
तिमी काध र कतव्य देखि डराउछौ
म एक यात्रीलाई उसको गतव्यमा पुर्याउछु
तिमी वेरोजगार भै निदरीमा छौं
म सुतेकालाई जगाउछु
तर साथी
म समाजको जन्जिरमा ठगिइरहेको छु ।
म अरस्तु र नेपोलियन गुरूशिष्यलाई चिन्दछु
म ओशो र बुद्धको वाणीलाई सुन्दछु
हिटलर देखि रावणसम्मलाई मान्दछु
हो साथी
म पैगम्बर कृष्ण र यशुलाई परमेश्वर ठान्दछु
तर साथी
म यो समाजको जन्जिरमा ठगिइरहेको छु ।
मेरो जन्मको होश खुले दिनदेखि नै
म वाद र प्रतिवादमा फसेको छु
म प्रेमको आश्वासनमा डुवेको छु
भुत र भबिष्यको आयाम देखी
म वर्तमानलाई भुलेको छु
मेरो जन्म भैसकेको छ
मेरै पछाडि मृत्यु अदृश्य छ
सुनौलो जीवन अस्तित्व भुलेर
म निस्सार जिन्दगीसगँ खेलिरहेको छु
हो साथी
म यो समाजको जन्जिरमा ठगिइरहेको छु ।
शास्त्रले आज उपयोग गर भन्छ
मान्छे उपभोग गर्छ
जन्म मृत्यु जैविक घटना हो।
मान्छे डाक्टर बन्छ
प्रेमको फुल फुलोस भनिन्छ तर
मान्छे वासनाका लागि फुल फुलाउछ
जति धर्मशास्त्र खोलिदैछ
त्यति मान्छे पापी बन्दैछ
म पनि साथी
आज त्यहिबाटोमा अघि वडिरहेको छु
म यो समाजको जन्जिरमा ठगिइरहेको छु ।
✍️ लेखक/कविः पवन गौतम
शिवगञ्ज, झापा।
Discussion about this post