उनको याद भुलाउन, आजभोलि पिउन थालेको छु
कलेज जान छाडे मैले, भट्टीतिर धाउन थालेको छु
अचानोको पीडा र वेदना खुकुरीले नबुझी दिएपछि
चोटपटक लागेपनि, बुचपचाउदै जीउन थालेको छु
सिन्दुर पोतेमा सजिएर उनी खबर सोध्छिन मेरो
म झन बेहोस भइ फाटेको मन सिलाउन थालेको छु
म उल्लु सगँ नजर जुधाई बस्ने गर्छु आजभोलि
मैना सगँसगै वियोगको गीत गुनगुनाउन थालेको छु
मेरो मनमा भुमरी झै उनको याद बटारिदै आएपछि
आफू नशामा डुवि साथीलाई पनि पिलाउन थालेको छु ।
✍️ लेखक/कविः पवन गौतम
शिवगञ्ज, झापा।
Discussion about this post