१४ साउन २०८० आइतबार,
मेचीनगर । ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौं, कसैलाई न्यायबाट बञ्चित नगरौं’ भन्ने नारासहित आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस काँकरभिट्टा नाकामा दिप प्रज्वलन कार्यक्रम गरी सम्पन्न भएको छ ।

नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको छ । सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनैरूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ ।

यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण रहेकाले इलाका प्रहरी कार्यालय काँकरभिट्टा, माइती नेपाल, बिश्व सेवा बिस्तार संस्था, साहसी महिला नेपाल, सानोहातहरु नेपाल, आफन्त नेपाल, मेची सामुदायीक सेवा केन्द, शक्ति समूह र नेपालका लागि आवज नामक संस्थाहरुको संयूक्त आयोजनामा काँकरभिट्टा नाकामा दिप प्रज्वलनगरी कार्यक्रम गरिएको हो ।

कार्यक्रममा वडा अध्यक्ष ललितबहादुर तामाङले आफ्नो मन्तव्य राख्दै भन्नुभयो, पूर्वको प्रवेशद्धारमा मानव बेचबिखन जस्ता जघन्य अपराध कार्यलाई नियन्त्रण गर्ने उद्देश्यले रातदिन लागिपर्नु भएकाले कयौ चेलीहरुको उद्धार भएको पाइन्छ । र अझ मानव बेचबिखन जस्ता कृयाकलापलाई निरुत्साहित पार्न हामी लागि परेका छौं ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु आपतकालले मानव बेचबिखनको जोखिम बढिरहेको छ । विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौं मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् । गरीबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् ।

यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न काँकरभिट्टा नाकामा दिप प्रज्वलन सम्पन्न कार्यक्रममा सानाहातहरु नेपालका अध्यक्ष रमेश गुरुङले सञ्चालन गर्नुभएको थियो ।



सम्बन्धित समाचार:
